आज :

आठ दलीय गठबन्धनको निर्णयः १८ र १९ गते सांसदलाई अभिमुखीकरण, २३ गतेभित्र काठमाडौं पुग्न निर्देशन

  • अनलाइन डबली

काठमाडौं । आठ दलीय गठबन्धनको बैठक सकिएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यही १८ गते संघीय र १९ गते प्रदेश सांसदहरुलाई राष्ट्रपति चुनावबारे अभिमुखीकरण दिने निर्णय गरेको छ ।

बैठकले २३ गतेभित्र सबै सांसदहरुलाई काठमाडौं आइसक्न निर्देशन समेत दिने निर्णय गरेको छ । त्यसको लागि राजनीतिक पार्टीहरुले आआफ्नो पार्टीबाट निर्देशन दिन बताइएको छ । २४ गते सबै सांसदलाई काठमाडौँमा ब्रिफिङ गरिने र रामचन्द्र पौडेललाई मत दिन निर्देशन दिने निर्णय भएको जसापका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

सांसदहरूलाई नयाँ समीकरणको आवश्यकता, संविधानको रक्षा, प्राप्त उपलब्धि बचाउन नयाँ गठबन्धन आवश्यक भएकोबारे स्पष्ट पार्ने र जनतामा छरिएको अस्थिरताबारेको भ्रम हटाउन प्रयास गर्ने गठबन्धनले पहल गर्ने र बैठकले सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान पनि गरेको छ ।

त्यसैगरी बैठकले आठ दलका एक एक जना प्रतिनिधि रहने गरी एक कार्यदल बनाउने र त्यसले पार्टीभित्र र अन्तर पार्टी छलफल गर्ने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal