आज :

आज राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची 

  • अनलाइन डबली

काठमाडौँ । आज राष्ट्रियसभा बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार बैठक दिउँसो १ बजेलाई बोलाइएको छ ।

गौतमका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५-७६, २०७६-७७ र २०७७-७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्याङ्कन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्नेछिन् ।

साथै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal