आज :

दलितको सीप र श्रम नभइनहुने तर पानी र नेतृत्व अस्वीकार गर्ने सोँच घातकः सांसद परियार(भिडियो)

जितको अन्तिम परिणाम आउँदासम्म पनि रणसिंह परियार हार्छ भन्नेहरुको धरौटी पच भयो यसबाट म निकै खुसि भएँ ।

दलितको छोरो भएकोले कमजोर उम्मेदवार भन्नेहरु धेरै थिए तर उनिहरुको सोच घातक थियो जनता जनार्दन नै हुनेरहेछन् ।

दलितको छोरा भनेर कम्जोर उम्मेद्वार भन्नेहरुलाई जनताले झापड हानिदिए ।
म आफै मन्त्री बन्नै पर्छ भन्ने केहि छैन, दलितको तर्फबाट कम्सैकम हाम्रो पार्टीले समावेश गराएको छ । तर यो देशमा माओवादी बाहेक अरु उत्पीडितका दल होइनन् क्या हो, प्रश्न उठेको छ ।

काठमाडौं । नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले दलित समुदायको सीप र श्रम नभइनहुने, तर पानी र राजनीतिक नेतृत्व हुनुहुन्न भन्ने सोच निकै नै घातक भएको बताएका छन् । हालै संवाद डबलीको कार्यक्रममा प्रश्तोता अंगराज परियारसँग कुराकानी गर्दै उनले भित्र र बाहिरबाट आफू दलितको छोरो भएकोले कम्जोर उम्मेद्वार दर्याएर आफूलाई सांसद बन्नबाट अन्तिमसम्म रोक्ने प्रयास गरिएको भन्दै रोष ब्यक्त गरेका छन् ।
आफूहरुले जनयुद्ध मार्फत व्यवस्था बदले पनि नेपाली समाजमा अझै पनि दलित समुदायलाई हेर्ने दृष्टिकोणमा बदलाब नआएकोप्रति निराशा व्यक्त गरे ।

हुम्ला जिल्ला ‘क’ नम्बर प्रदेशबाट विजयी परियारले आफू उम्मेद्वार बन्दा पार्टीको तर्फबाट टिकट पाउन निकै पापड पेल्नु परेको पनि बताए । जनताले भारी मत परिणामले जितको निकट पुर्याउँदासमेत रणसिंह परियार हार्छ भनेर अपमान गरेकोप्रति रोष प्रकट गर्दै भने,“म दलितको कोखबाट जन्मेकोले रणसिंह निकै कमजोर उम्मेद्वार हो भनेर अनेक हौवाबाजी फैलाए, जितको अन्तिम मत परिणाम आउँदासम्म पनि हार्छ भन्नेहरुको धरौटी पच हुँदा निकै खुसि भएको थिएँ ।”
नेकपा (माओवाद केन्द्र)का कन्द्रीय सदस्यसमेत रहेका उनले धेरैले आफूलाई कम्जोर उम्मेद्वारकारुपमा चित्रित गर्न खोजे पनि गठबन्धन र जनताले कमजोर भन्नेहरुलाई विजयको झापड दिएर आश्चार्यचकित बनाएको बताउँदै भने,“मेरो जितले म कमजोर हैन बलियो हुँ अनि जनता भनेका महान नै हुन्छन, भन्ने मेरो आफ्नो यस विजयबाट सावित भएको छ ।”
आफू कर्णाली प्रदेशमा मन्त्री नबने पनि कुनै दुःखेसो नभएको धारणा राखेका छन् ।

आफू मन्त्री नबने पनि उत्पीडित तथा दलित समुदायबाट आफ्नो पार्टी नेकापा(माओवादी केन्द्र)ले प्रतिनिधित्व गराएकोप्रति धन्यबाद व्यक्त गरेका छन् । दश वर्षे जनयुद्ध दलित, जनजाति तथा उत्पीडन्मा परेका जनताको मुक्तिका लागि आफू र आफ्नो पार्टीले लडेकोले बताउँदै, जनताको अशली अविभावक एक मात्रै माओवादी भएको बताएका छन् । ‘दलित,उत्पीडित अनि समावेशीताको दुहाई दिने अरु पार्टीहरुले खोइ त दलितमाथि न्याय गरेको यसले पनि माओवादी महान भएको पुष्टि गर्छ’, उनले थपे ।

२०७९ फागुन १० मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णाली प्रदेश सभा नेकपा माओवादी केन्द्रको संसदिय दलको प्रमुख सचेतक मा चयन भएका थिए । हुम्ला प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन हुम्ला जिल्लाको (क) बाट कर्णालि प्रदेशमा परियार निर्वाचित भएका थिए ।

परियारले संसदिय दलको प्रमुख सचेतक भईसकेपछि संसद भित्रको मुलरूपमा खेल्नु पर्ने भुमिका जनताका समस्यालाई सम्बोधन गर्ने र संसदको निर्देशन पालना गर्ने बताएका थिए । सरकारका राम्रा कामलाई समर्थन गर्ने र नराम्रा कामलाई खबरदारी गरेर कामकारबाही अगाडी बढाउनु पर्ने अनलाईन डबलीलाई बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal