
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छोड्ने निर्णय गरेको छ ।
शनिबार विहान बसेको केन्द्रीय कार्य सम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति चुनावसँग नयाँ समिकरण बनेसँगै राप्रपाले सरकारमा बस्न अनुपयुक्त हुने ठहर गरेको श्रेष्ठले बताए ।