आज :

एमालेले राष्ट्रपति नपाउने पक्का ! बालुवाटारबाट निरास भएर फर्किए ओली

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट निरास हुँदै बाहिरिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग दुई घण्टा लामो छलफलपछि ओली निरास हुँदै बालुवाटारबाट बाहिरिएका हुन् ।

राष्ट्रपति आफ्नो पार्टीलाई दिन ओलीले गरेको आग्रह प्रचण्डले नमानेपछि ओली निरास भएको बताइएको छ । भेटको क्रममा ओलीले पूर्वसहमति अनुसार आफ्नो पार्टीबाट राष्ट्रपति उम्मेदवार हुनुपर्नेमा जोड दिएका थिए । तर, प्रचण्डले परिस्थिति बदलिएको बताउँदै सके राष्ट्रिय सहमति नभए अधिकतम सहमतिमै राष्ट्रपति चयन हुनुपर्ने बताए ।

ओली बाहिरिएपछि चार दलका शिर्ष नेताहरुको बालुवाटारबाट पुगेका छन् । विहान भएको बैठकले आजै साँझसम्म राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने सहमति गरेका थिए ।

एमालेले राष्ट्रपति नपाउने पक्कापक्की जस्तै भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal