आज :

यस्ता छन् विहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • अनलाइन डबली

काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी छन् । शर्माका अनुसार सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्ने स्वीकृति दिएको छ ।

फागुन ११ गते बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । शुक्रवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भएको बताइन् ।

उनले २०७९ चैत्र १३ देखि १६ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने १० औं एशिया प्यासिफिक फोरम अन सस्टेनेबल डेभलवभेण्ट कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठलाई स्वकृती दिने निर्णय भएको बताइन् ।

सरकारले २०७९ चैत्र १ देखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने प्रमोटिङ डिसन्ट इम्प्लोयमेण्ट फर वुमेन थ्रोउज इन्क्लुसिभ ग्रोथ पोलिसेस एण्ड इन्भेषमेण्ट इन द केयर इकोनोमि विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुँयाललाई स्वीकृति दिने, विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, चचालु आर्थिक वर्ष २०७९/०८० को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ३५१ रुपैयाँ निर्धारण गर्ने, मध्यस्थता विवाद चलिरहेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौता अन्त्यसम्बन्धी निर्णय उपर दर्ता भएको मध्यस्थता विवादको निर्णय नभएसम्म थाइल्याण्डस्थित नेपाली राजदूतावासले खानेपानी मन्त्रालयसँग निकट सम्पर्क र समन्वयमा रही कानुनी प्रतिरक्षा सम्बन्धी आवश्यक कामकाज गर्ने, बहराइनस्थित इशा अवार्ड ट्रस्टले प्रदान गरेको इशा अवार्ड फर सर्भिस टु ह्युमानिटी अवार्ड डा. सन्दुक रुइतलाई ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै सरकारले २०७९/११/१७ गते सुडानमा हुने फम्र्ड पुलिस युनिट (एफ.पि.यु) को मेडल परेड कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सहभागी हुन स्वीकृति दिने, दक्षिणकाली नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने, २०७९ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म बेलायतमा हुने स्कुल लिडरसिप स्टडी भिजिट मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) रामकृष्ण सुवेदीलाई भाग लिन स्वीकृति दिने, संघीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रिय सभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता लिन स्वीकृति दिने निर्णय भएको छ ।

त्यस्तै सरकारले २०७९ फागुन २३ देखि २५ सम्म जर्मनीको बर्लिन शहरमा आयोजना हुने इनटरनेशन टुरिजम बोर्स (आइटिबी) बर्लिन २०२३ पर्यटन बेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई सहभागी हुन स्वीकृति दिने, राष्ट्रिय तथ्यांक कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, नेपाल दूरसञ्चार प्राधिकरणमा कानुन सदस्यको पदमा नाम सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रवक्ता शर्माले सरकारले लोक सेवा आयोगको सिफारिस बमोजिम स्वास्थ्य सेवाको एघारौँ तहमा दुई जनालाई नियुक्ति तथा पदस्थापन गर्ने निर्णय भएको पनि बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal