काठमाडौँ । चुनावीअघिको गठबन्धन ब्युँतिने पक्कापक्की जस्तै भएको छ । शुक्रबार विहानैबाट बालुवाटारमा चार दलका बैठक बस्यो । उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो ।
बैठकमा सहभागी जसापका नेता राजेन्द्र श्रेष्ठलेका अनुसार पुरानो गठबन्धन ब्युताउने सहमति ब्युँताउने सहमति भएको छ । उनले साँझसम्म टुंगोमा पुग्ने बताए ।
बैठकमा गठबन्धनमा जनमत र नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई समाहित गराउने सहमति भएको छ ।
नयाँ गठबन्धनमा नेपाली कांग्रेसलाई राष्ट्रपति, माओवादीलाई प्रधानमन्त्री दिनेमा करिब सहमति भएको बताइएको छ । त्यस्तै, उपराष्ट्रपति जसपालाई दिने नेताहरुबीच सहमति भएको छ । केही नेताहरुका अनुसार माओवादीले चार वर्ष र एक वर्ष एकीकृत समाजवादीलाई एक वर्ष सरकारको जिम्मा दिने सहमति भएको छ ।


अनलाइन डबली


