आज :

राष्ट्रपति निर्वाचनः माओवादी – काँग्रेससहित पाँच पार्टीको बैठक बालुवाटारमा 

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति पदमा उम्मेदवारी दिन केही घण्टामात्रै बाँकी रहँदा दलहरुबीच वार्ता तथा छलफल तीब्र भइरहेको छ । यसैबीच चुनावी गठबन्धनका मुख्य दल नेकपा (माओवादी केन्द्र),नेपाली कांग्रेस, नेकपा एस र जसपासहित ४ दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

चुनावी गठबन्धनका चार र जनता समाजवादी पार्टीसहित पाँच पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा पाँचै पार्टीका शिर्ष नेताहरु सहभागिता रहेको छ। कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी छन् भने माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् । राष्ट्रपतिको निर्वाचनबारे छलफल भइरहेको बताइएको छ ।

आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच पनि निर्णायक वार्ता हुने भएको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal