
काठमाडौं । राष्ट्रपति निर्वाचन समय नजिकिदै जादा सत्ता गठबन्धन निर्वाचन अगाडिकै स्वरूप ब्युताउने विषयमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बीच भद्र सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा बिहीबार साँझसम्म ठोस सहमति गरेर राष्ट्रपति निर्वाचनमा उम्मेदवार तय गर्ने निर्णय भएको हो ।
वर्तमान सरकार गठनमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णायक साथ् लिएका यी तीन दललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा बाहिर राख्ने देखिएको छ ।
कांग्रेस र माओवादीबीच बुधबार भएको छलफलपछि माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउत र रेशम चौधरीको पार्टीलाई पनि एक ठाउँमा ल्याएर नयाँ गठबन्धन बनाउने सहमति जुटेको भुझिएको छ ।