सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदिय दलको प्रमुख सचेतकमा हुम्ला जिल्ला ‘क’ प्रदेशबाट विजयी रणसिंह परियार चयन भएका छन् । बुधबार प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पार्टी संसदिय दलको बैठक बसेर सांसद परियारलाई प्रमुख सचेतक र रुकुम–पश्चिमका सांसद मिलन खड्कालाई सचेतकको जिम्मेवारी दिएको होे । कर्णाली प्रदेशमा माओवादीको १३ सदस्यि संसदिय दल रहेको छ ।
परियार नेपाल् कम्युनिस्ट पार्टी माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य हुन। हुम्ला प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनमा वाम– लोकतान्त्रिक गठबन्धन हुम्ला जिल्ला (क) बाट कर्णालि प्रदेशमा परियार निर्वाचित भएका थिए ।


अनलाइन डबली


