
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरेलु मैदानमा भएको विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्डलाई पराजित गर्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
आज (मंगलबार) भएको खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पारेको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा भएको खेलमा सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टीमलाई प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका छन् । साथै उनले सम्पूर्ण खेलाडीहरूलाई निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।