आज :

अदानचुली गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मिलेर जानुस्: अध्यक्ष सिंह

काठमाडौं । नेपाल विद्यार्थी संघ हुम्ला–काठमाडौं सम्पर्क समिति अध्यक्ष अंग बहादुर सिंहले अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह र उपाध्यक्ष कर्ण रोकाया एक साथ मिलेर अगाडि बढ्न सुझब दिएका छन । संघीय राजधानी काठमाडौंमा हालै ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ‘स्ववियुमा हाम्रो भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो सुझाव दिएका हुन् ।

अध्यक्ष सिंहले हाल समाजिक संजाल र विभिन्न माध्यममा अदानचुली गाउँपालिकाको केही विवादित बिषयहरु सार्वजनिक भएकोप्रति चिन्ता व्यक्तसमेत गरेका थिए । अध्यक्ष र उपाध्यक्षबीच तालमेल नमिलेका कारण नागरिक सेवामा असहजता र दुःख–कष्ट भएको जनगुनासा पनि बाहिर आउनु दुःखत विषय भएको बताए ।

अध्यक्ष सिंहका अनुसार ‘गत पुस १० गते संघीय सरकार बनाउने क्रममा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन गरेर सरकार बनाएपछि अहिले गाउँपालिकामा केही समस्य देखा पर्न गएको छ ।’ अहिले भएको गठबंधनको आडमा हिजोभएको गठबन्धनमा भोट हाल्ने मतदाताको अपमान गर्न नहुने पनि बताएका छन । उनले गत बैशाख ३० को स्थानिय र मंसिर ४ को संघ–प्रदेशको चुनावमा काँग्रेस र माओवादीबीच भएको गठबंधन भएर आएको परिणाम भुल्न नहुने बताउँदै भने,“हिजो दुई पार्टीको मजबुद गठबन्धन चलिरहँदा आज नयाँ जोडिएका साथीहरू पछाडिबाट ढुङ्गा हान्दै थिए, फेरी त्यो दिन नफर्कियला भन्न सकिन्न, पृथ्वी गोलो छ ।”

त्यसकारण आज नयाँ जोडीएका साथिहरु लाई नजिक लिएर हिजो मतदान गर्ने कुनै पनि मतदाताको अपमान गरे त्यो जति घिणृत कुरा अरु कुनै हुँदैन, सिंहले अगाडी भने । अध्यक्ष सिंहले अदनचुली गाउँपालिकाको जुन किसिमको कुरा सामाजिक संजालमा देखा पर्ने गरेका छन् ती सबै केन्द्रीय सरकार बनाउन नयाँ गठबन्ध भएपछि हुन थाले बताए । “गाउँपालिका अध्यक्ष महोन बिक्रम सिंहको बारेमा विभिन्न झुटो र तथ्य हिन क्रियाकलाप सामाजिक संजालमा देखा परेको कुरामा नेपाल विद्यार्थी संघको ध्यानाकर्षण नभएको भने होइन होइन, तर घर भित्रको झगडा घर भित्रैबाट नै समाधान हुनु पर्छ भन्ने हाम्रो मान्यता हो” सिंहले भने ।

बैशाख –३० गते मतदान गर्ने नेपाली काँग्रेसका होस् वा माओवादीका मतदाता जोकोही पनि अपमान नहोस् भन्ने हेतुका साथ नेपाल विद्यार्थी संघले कुनै पनि प्रतिक्रिया नदिएको उनले बताए । यदि कुनै पनि अमर्यादित रुपले एउटा ब्यक्तिको चरित्र हत्या गर्ने गरी आफ्ना सामान्य कार्यकर्तालाई परिचालन गर्ने, सामाजिक संजालमा मनपरी तरिकाले लेख्ने गर्ने हो भने मोहन बिक्रम सिंह अदानचुली गाउँपालिका अध्यक्ष मात्र नभएर नेपाली काङ्ग्रेस हुम्लाको पार्टी सभापति पनि भएकोसमेत चेतावनी दिए ।

तसर्थ नेपाली काङ्ग्रेस पार्टी र सभापति मोहन बिक्रम सिंहको पक्षमा नेपाल विद्यार्थी संघले अडान लिने हो भने अदनचुली गाउँपालिका झन जटिल तिर जाने र गाउँपालिका का सेवामा जनताले ठुलो सस्ती भोग्नु पर्ने अवस्था हुनसक्ने बताए । त्यसकारण जनताको सेवामा कुनै असर नपरोस् कुनै बाधा अर्चना नहोस् भन्नी धारण नेपाल विद्यार्थी संघको मान्यता भएको बताए । “यो सबै अवस्थालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघ, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मिलेर पालिकाका जनताको काममा जुट्न अनुरोध गर्दछौं” सिंहले सुझाव दिएका छन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal