
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
आइतबार मन्त्री पदमा नियुक्त भएका भण्डारीले आज सपथ ग्रहण गरेका हुन् । अहिर मुख्यमन्त्री लिला गिरीको सिफारिसमा कृषि तथा भूमि सुधार मन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्री अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको सपथ गराएका हुन् । अहिर जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलको नेता समेत छन् ।