आज :

नेविसंघ एक ढिक्का भएर स्ववियु निर्वाचनको तयारीमा जुट्न नेता शाहीको निर्देशन

  • अनलाइन डबली

काठमाडौं ।  नेपाली काँग्रेसका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य तथा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले आगामी स्ववीयु निवार्चनमा देशको पहिलो विद्यार्थी संगठन बनाउन नेविसंघलाई एक ढिक्का भएर लाग्न निर्देशन दिएका छन् । आइतबार राजधानीमा ‘हुम्ला–काठमाडौं सम्पर्क समिति’ले आयोजना गरेको कार्यक्रममा शाहीले यो या त्यो गुट या नेता भन्दा पनि संस्थागत हितमा एक जुट हुन निर्देशन दिएका हुन् ।

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा ‘स्ववियु निर्वाचनमा हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुखअतिथि शाहीले देशमा १ सय ४ वर्षे राँणा शासन अन्त्य र प्रजातन्त्र ल्याउन काँग्रेसको गौरवशाली इतिहासको रक्षा गर्ने जिम्मा विद्यार्थीको भएको बताएका हुन् । कर्णाली प्रदेश प्रतिपक्ष दलको नेतासमेत रहेका शाहीले आफ्नो पार्टीको विरासतपूर्ण इतिहासलाई सम्झेर देशका नव–युवाहरु थप रचनात्मक र सकारात्मक भएर प्रजातन्त्रलाई बलियो बनाउने दिशामा लाग्न सुझाए । शाहीले कुनै पनि देशको वास्तविक शक्ति र भरोषाको केन्द्र युवा तथा विद्यार्थी शक्ति मुलआधार भएको भन्दै उनिहरु वर्तमान स्मार्ट युगको रफ्तार पकडेर अघि बढ्नु पर्ने धारणा राखे ।

नेता शाहीले विद्यार्थीहरु देशका भविष्य भएकाले उनिहरुले गुणस्तरीय शिक्षाको लागि लड्नु पर्ने बताउँदै भने,“स्ववीयुमा अब्बल र लोकप्रिय भन्दा पनि नेतालाई कसले बढी पैसा उठाउँछ, त्यसैलाई अगाडी बढाउने पुरानो चलनले निविसंघ कम्जोर भएको छ, अब नेता वा गुट विशेषलाई त्यागेर पार्टीको संथागत हितमा एक हुनुु पर्छ ।”

त्यसैगरी हुम्ला जिल्ला प्रदेश सांसद विजया बुढाले नेविसंघ देशको पहिलो विद्यार्थी संगठन भएकोले उसले सधै उदाहरणिय बन्नु पर्ने बताईन । हुम्ला काठमाडौं सम्पर्क समितिले स्ववीयु चुनावमा अधिकतम हुम्लीलाई ल्याउन पहल गर्न सुझाव दिइन । नेपाली काँग्रेस जिल्ला सभापित मोहन विक्रम सिंहले देशमा गुटैगुट र स्वार्थ समुहहरु व्याप्त भएको र त्यस रोगले आफ्नो पार्टीलाई पनि ग्रस्त बनाएको भन्दै चिन्ता व्यक्त गरे । सिंहले युवा विद्यार्थीहरुले नकरात्मक संस्कारको अन्त्य गर्ने हिम्मत गर्नु पर्ने धारणा व्यक्त गरे ।

 

जिल्ला पार्टी उपसभापति वसन्त रोकायाले विद्यार्थी संगठन पार्टीको मुल शक्ति भएकोले ऊ शँस्लेशित र समजदार हुनु पर्नेमा जोड दिदै नेता तथा समुह विशेष हुन नहुने धारणा राखे । हुम्ला जिल्ला ‘क’ नम्बर प्रदेश पार्टी सभापति मानदेव शाहीले नेता र नेतृत्वलाई अपमान गर्ने भन्दा पार्टी र संगठन बलियो बनाएर जनसेवामा केन्द्रीत हुनु पर्नेमा जोड दिए ।

सम्पर्क समितिका संस्थापक नरबहादुर शाहीले स्थापना कालको विगतलाई स्मरण गर्दै अहिले हुम्लीहरुको काठमाडौंमा भएको उल्लेख्य उपस्थितिप्रति गर्व महसुुस भएको बताए । कार्यक्रममा आयोजकले सम्पर्क समितिका संस्थापक नरबहादुर शाहीले संगठनलाई स्थापना तथा विस्तार गर्न दिएको अमुल्य योगदानलाई कदर गर्दै प्रमाण पत्र तथा दोसल्ला ओडाएर सम्मान गरेको थियो । संस्थापक शाहीलाई प्रमुख अतिथि जीवन बहादुर शाही र समितिका अध्यक्ष अंग बहादुर सिंहले सम्मान गरेका थिए ।

नेपाली काँग्रेस डोल्पा जिल्ला उपसभापति पूण शाही, जिल्ला नेविसंघ अध्यक्ष धर्मराज जोशी, नेपाल निजामती युनियन हुम्ला जिल्ला अध्यक्ष विशाल बोहरा, हुम्ला तरुण दल युवा नेता जित बुढा क्षेत्री, हुम्ला काठमाडौं सम्पर्क समिति पूर्व अध्यक्ष नरबहादर भण्डारी, पद्यकन्या कलेज विद्यार्थी नेतृ भूपी यर लगायतले नेविसंघले आगामी निर्वाचनमा बलियो उपस्थितिको लागि बेलैमा संगठन विस्तार, चुस्त र दुरुस्त बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमको सभाअध्यक्ष तथा सम्पर्क समिति अध्यक्ष अंग बहादुर सिंहले सम्पर्क समितिले सबै नेता तथा विद्यार्थीहरुको मिलन केन्द्र बनाउने प्रयत्न गर्ने प्रतिबद्धता जाहेर गरे । स्वागत मन्तव्य उपाध्यक्ष भरत शाहीले गरेका थिए भने रविन्द्र शाहीले कार्यक्रम सञ्चाल गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal