आज :

‘मिलिनियम किड्स इन्टरनेशनल’ मा एकसाथ ४ विजेता घोषित

  • अनलाइन डबली

काठमाडौँ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२३’मा एकसाथ ४ विजेता घोषित भएका छन् । शुक्रबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा  सम्पन्न प्रतियोगीतामा जुनियर तथा सिनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन् ।

प्रतियोगितामा ‘मिलिनियम किड्स इन्टरनेशनल’ जुनियर केटातर्फ श्लोक अधिकारी शिर्ष विजेता घोषित हुँदा सिनियर केटातर्फ हर्ष शेखर शर्मा विजेता भए ।

प्रतियोगीतामा जुनियर केटातर्फको फष्टरनरअप आशुतोस गौतम, सेकेन्ड रनरअफ एरिक महर्जन र थर्ड रनरअप थोमस चिनाल भए । जुनियर केटीतर्फ भने फष्ट रनरअप लावेन लिम्बु, सेकेन्ड रनरअफ श्रृजना प्रधान र थर्ड रनरअप रक्रिसा खड्का घोषित भए ।

त्यस्तै ‘मिलिनियम किड्स इन्टरनेशनल’ जुनियर केटीतर्फ अन्वेषा कालिकोटी विजेता चुनिदा सिनियर केटीतर्फ रीहाना महर्जनले शिर्ष उपाधि हात पारिन् । सिनियर केटीतर्फ फष्टरनरअप साहासिका श्रेष्ठ भइन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा रेखा शाह (गायिका), हरि कर्माचार्य (गायक), लियोन श्रेष्ठ (प्रिन्सिपल राजर्षी गुरुकुल स्कुल), रुपेश थापा (फेसन फोटो ग्राफर तथा भिडियो छायांकार), आशिष थापा (प्रमुख प्रशासक हिमालयन ह्वाइट हाउस स्कुल) सम्पुर्ण देवापाटे (माछापुच्छ्रे आइबी वल्र्ड स्कुलको प्रिन्सिपल तथा हेड अफ एकडेमिक) निर्णायक रहेका थिए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए ।

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदार र रेश्मा श्रेष्ठले गरेकी हुन् । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर समेत प्राप्त गरे ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal