
काठमाडौं । खानेपानी क्षेत्रलाई प्रविधि मार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झाौता भएको छ । सम्झौतासँगै प्रविधिको आदान प्रदान मार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरूलाई समाधान गर्न रणनीतिक र व्यवसायिक सहकार्य गर्ने सहमति भएको छ ।
हालै भएको सम्झौता पत्रमा दियालोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर खनाल र जनजलका तर्फबाट प्रबन्ध निर्देशक डा. पराग अग्रवालले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् जनजलले दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजान निर्माण गरेको स्मार्ट वाटर म्यानेजमेन्ट सिस्टम तथा सम्पती व्यवस्थापन प्रणालीलाई भारतीय बजारमा विस्तार गर्न सहयोग गर्ने जनाएको छ । त्यस्तै, दियालोले जनजलको वाटर एटिएम सिस्टमलाई नेपाली बजारमा विस्तार गर्न सहयोग पुर्याउने जनाएको छ ।
यसैगरी, दुई कम्पनीबीच निर्माण भएका प्रविधि आदान प्रदान गरी खानेपानी प्रणालीलाई थप अटोमेशनमा लैजाने र नेपाल तथा भाारतमा विभिन्न किसिमका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा आआफ्ना अनुभव साटासाट गर्ने र उपभोक्ताका घरमा पुग्ने खानेपानीलाई गुणस्तरिय बनाउन प्रविधिमा सहकार्य गर्ने सहमति भएको छ ।
नेपालमा दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको छ । हालसम्म नेपालमा करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले भारतमा समेत आफ्नो बजार बिस्तार गर्न लागेको हो ।
करिब दश वर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ ।
कम्पनीको जनजल वाह (वाटर अन ह्ील) नामक नवितम प्रविधिलाई भारत सरकारले शहरी र ग्रामिण क्षेत्रमा जनताको सुरक्षित् पानीमा पहुँच बढाउन प्यान इण्डिया कार्यान्वयनको लागि छनोट गरेको छ । जनजलले भारतभर विकेन्द्रीकृत पानी प्रशोधन प्लान्टहरू स्थापना, सञ्चालन र मर्मत संभार गर्न र थप घरघरमा सुरक्षित पानीको डेलिभरी गर्ने कार्य गर्दछ ।