काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (फागुन ५) अन्तिम दिन रहेको छ ।
बैंकले उक्त ऋणपत्र माघ २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा निष्काशन गरेको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ मा मागभन्दा बढी आवेदन परेकाले निष्काशन बन्द गर्न लागेको हो।
बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित मुल्यका दरले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
सर्वसाधारणले बाँकी रहेको २० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको ३० हजार कित्ता सहित १९ लाख ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बैंकको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।