काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले सुखद सुरुवात गरेको छ।
खेलको सुरुवाती पावर प्लेमा चितवनले ५० रन जोडेको छ।
चितवनका डेभिड मेलनले २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ३९ रन जोडेका छन्। त्यस्तै, देव खनालले १० बलमा ८ रन बनाएका छन्।
खेलमा चितवनले अहिलेसम्म विकेट गुमाएको छैन।


अनलाइन डबली

