
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच बालुवाटारमा भेटवार्ता भएको छ।
बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डको भेटवार्ता भएको थियो । भेटमा दुई नेताबीच राष्ट्रपति चुनाव र गठबन्धनका दलहरुबीच देखिएको बेमेलका बारेमा छलफल र सरकारका काम कारबाहीको बारेमा समेत छलफल भएको थियो ।
राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा बालुवाटारमा भेटवार्ता बाक्लिदै गएको छ ।
खड्कासँगको भेटमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। यसविषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटिसकेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। निर्वाचन आयोगले २५ गते राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरिसकेको छ ।