
काठमाडौं । खाना पकाउने ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले भण्डारी १०ः५७ मा मृत्यु भएको जानकारी दिए। उनको उपचार कीर्तिपुर अस्पतालमा भईरहेको थियो । सोहि उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बुधबार राति बुद्धनगरस्थित निवासमा ग्याँस विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी सख्त घाइते भएका थिए ।
सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको उपचार नेपालमा सम्भव नहुने अस्पतालले जनाएको हुनाले उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।