आज :

नेप्सेमा १३ अंकको गिरावट, १ अर्ब ७३ करोडको कारोबार

  • अनलाइन डबली

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १३.९० अंकको गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

त्यस्तै नेप्से परिसूचक २०९१ अंकमा आएर रोकिएको छ । आज १ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन ४८ लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज परिसूचक घटेपनि ३७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ इण्डेक्स ०.७६ अंक घटेको छ।

आज परिसूचक घटेपनि ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी १७६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको जनाइएको छ ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण काबेली पावरको करिब साढे ५ करोडको शेयर कारोबार भएको छ भने एनआईसी एशिया बैंकको साढे ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

त्यसैगरी, आज विजय लघुवित्त र महुली लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal