आज :

संघीय निजामती ऐनबारे मन्त्री मोदीले गरे ट्रेड युनियनका पदाधिकारीसँग छलफल

  • अनलाइन डबली

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनको सन्दर्भमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरेका छन् । संसदको जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी गरिरहेका मन्त्री अमनलाल मोदीले आज सिंहदरबास्थित मन्त्रत्रालयमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी कर्मचारी मञ्च लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।

ट्रेड युनियनका पदाधिकारीहरुले ऐन ल्याउँदा यसअघि उल्लेख भएका आफूहरुको अधिकारी कटौती नगर्न सुझाव दिए । त्यसका साथै कर्मचारीका हक हितलाई केन्द्रमा राखी समयसापेक्षताको आधारमा ऐन ल्याउनुपर्नेमा उनीहरुको सुझाव थियो ।

परामर्श लिने क्रममा मन्त्री मोदीले सबैको भावनालाई एकत्रित गरेर ऐन ल्याउने बताए । “सबैको भावना समेटेर हामी ऐन ल्याउँछौँ, सबैसँग राय लिने क्रममा छु, कर्मचारीहरुको हितलाई केन्द्रमा राखेर नै हामी ऐन ल्याउने दिशामा छौँ” उनले भने ।

मन्त्री मोदीले ऐनको सन्दर्भमा यसअघि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसचिव लगायतसँग छलफल गरिसकेका छन् । मन्त्रालयले यस अघि तयार भएको मस्यौदालाई संघीयता कार्यान्वयनको अहिलेसम्मको अनुभव, विकसित नयाँ घटनाक्रम र नेपालको आवश्यकतालाई आधारमा मानेर परिमार्जनसहित ऐन ल्याउने गृहकार्य गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal