काठमाडौं । हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वाड न.५ भुवाका ४२ वर्षिय धनजित सार्की विगत लामो समयदेखि कलेजो, फोक्सो, मृगौलामा गम्भिर समस्या भएर काठमाडौं स्थित टिचिङ अस्पतालमा खर्चको अभावमा प्रताडित प्रताडित छन् ।
निज सार्कीको घरको अर्थिक अवस्था नाजुक भएको र अहिलेसम्म उपचार गर्ने क्रममा भएको सम्पूर्ण रकम सकिएकोले उनको उपचारको लागि सहयोगको अपिल गरेका छन् । गत पुस महिना सुर्खेत, नेपाल्गञ्ज लगायतका विभिन्न ठाउँका अस्पतालहरुमा उपचार गर्दा पनि निको नभएपछि काठमाडौंको शिक्षाँण अस्पतालमा ल्याएर उपचार गरिरहेको उनका भाई मशान्त विश्वकर्माले अनलाईन डबलीलाई बताए ।
“मेरो उपचारको लागि सरकारी तथा गैर सरकारी संघसंस्था/निकाय तथा आम मनकारी व्यक्तिवहरुमा आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछु” विरामी सर्कीले भने ।
Masanta BK को लक्ष्मि बैंकमा रहेको खाता नम्बरः 03140002761 मार्फत सहयोग गरिदिन अनुरोध गर्दछु ।