
काठमाडौं । सुदूरपश्चिम सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने तयारी भइरहेको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र रावलले विहीबार विश्वासको मत नपाएपछि शाह नियक्त भएका थिए ।
सत्ता गठबन्धनको तर्फबाट एक महिनाअघि मुख्यमन्त्री नियुक्त भएका रावललाई नपाएपछि प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । त्यस लगत्तै प्रदेश प्रमुख जोशीले नियुक्त भएका थिए ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनीयताको शपथ कार्यक्रमका लागि तयारी पूरा भएको छ ।
शाह पनि अल्पमतको सरकारका मुख्यमन्त्री बनेका छन् । उनले एक महिनाभित्र विश्वासको मत नपाए रावलजस्तै गरी बिधाई हुनेछन् ।