आज :

काठमाडौंका सडकहरु झिलिमिलि बनाउन लागिएको थाहा पाउँदा खुशी लागेको छ : पुर्व मेयर शाक्य

  • अनलाइन डबली

काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यले आफू मेयर छँदा गरेको आधुनिक सडक बत्ती जडान गर्ने सहमतिलाई कार्यान्वयन गर्न लागिएकोमा मेयर बालेन्द्र शाहलाई आभार प्रकट गर्नुभएको छ । शाक्यले विहीबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै पूर्ववत सहमति अनुरुप महानगरपालिकाका मुख्य मुख्य क्षेत्रमा सडक बत्ती राख्ने कार्य शुरु गर्न लागिएकोमा आभार प्रकट गर्नुभएको हो । ‘ काठमाडौंका सडकहरु झिलिमिलि बनाउने विषयमा तीन वर्ष अघि भएको सहमति कार्यान्वयन गर्न लागिएको थाहा पाउँदा खुशी लागेको छ । मेयर शाहलाई धन्यवाद ।’ शाक्यले भन्नुभयो । महानगरपालिकाका मुख्य मुख्य क्षेत्रहरुमा सडक बत्ती जडान गर्ने भनि महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच भएको २०७७ मंसिर २५ गते विहीबार सहमति भएको थियो । सहमति अनुरुप कार्य शुरु गर्न मंगलबार तीन वटै निकायबीच सम्झौता गरिएको महानगरपालिकाले जनाएको छ । सम्झौतामा बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९ सय २५ रुपैयाँ लागत अनुमान गरिएको छ । यस अघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ्ग र तत्कालीन मेयर शाक्यको उपस्थितिमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, तत्कालीन प्राधिकरणका का.मु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, तत्कालीन विभागका महानिर्देशक केशवकुमार शर्माबीच सो सहमति भएको थियो। महानगरपालिकाले ६० प्रतिशत र प्रँधिकरणले ४० प्रतिशत लगानीमा सडक बत्ती जडान गर्ने सहमतिपत्रमा उल्लेख गरिएको थियो।प्राधिकरणले व्यर्होने ४० प्रतिशत रकम पनि शुरुमा महानगरपालिकाले राखिदिने र सो रकम आउने कार्यक्रममा प्रँधिकरणले गर्ने लगानीमा समायोजन गर्ने सहमति भएको थियो । सहमतिमा भनिएको छ ‘ सो कार्यको लागि लागत अनुमान तयार गर्ने,प्रविधिको छनौट गर्ने र निर्माण कार्यको सुपरीवेक्षण गर्ने लगायतको कार्य प्राधिकरणले गर्ने र आयोजनाको निर्माण कार्य पछि मर्मत गर्नुपर्ने सडक र फुटपाथ लगायतको कार्य विभाग गर्ने छ ।’ सडक बत्ती जडान, सञ्चालन विषयमा समन्वय,अनुगमन तथा रिपोटिंग गर्ने तीन वटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने,सोही संयन्त्रले सडक बत्तीको सम्भाव्य विस्तार स्थलहरुको पहिचान अध्ययन गरी ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने भनि सहमतिपत्र भनिएको थियो । यस अघि महानगरपालिकाको लागि आवश्यक दमकल खरिद गरिसकेपछि त्यसको तयारी अघि बढाएकोमा मेयर शाहलाई शाक्यलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal