आज :

अखिल (क्रान्तिकारी) विघटनको हल्ला निराधारः महासचिव गुरुङ(भिडियोसहित)

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अखिल (क्रान्तिकारी) विघटन भएको हल्ला निराधार भएको बताएका छन् । विहीबार साँझ केन्द्रीय समिति बैठक लगत्तै गुरुङले विद्यार्थी संगठनमा देखा परेका समस्या समाधान गर्न सबै साथीहरुबीच छलफल गरेर सहमतिमा ल्याउन प्रयास गर्ने बताए ।

“अध्यक्ष, फ्याक्सन इन्चार्जसहित सबैलाई साथीहरुलाई एक ठाउँमा बोलाउने कोसिस गर्ने भन्ने हो । सबैलाई एकढिका बनाएर लैजाउ भनेर प्रस्ताव गर्ने, त्यसको लागि तयारी समिति बनाउने, सहमतिमा साथीहरु आउने भए तदर्थ समिति बन्छ । यदि तदर्थ समिति बनेपछि अहिले कमिटी विघटन हुन्छ तर अहिले नै कमिटी विघटन भन्ने गलत हो” गुरुङले भने ।

त्यसैगरी अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले पार्टी निर्णयको गलत अर्थ लगाएर कमिटी विघटन भएको भनेर गरिएको हल्लाप्रति आपत्ति जनाएका छन् । उनले भने, “असन्तुष्ट साथीहरु समानान्तर गतिविधि छाडेर आउन तयार भए अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा आयोजक समिति बनाएर जानको लागि पार्टी केन्द्रीय कार्यलयले हामीलाई निर्देशन गरेको छ ।” पार्टीको निर्देशान पालना गर्दै समस्या समाधानका लागि संगठनको केन्द्रीय समिति तयार रहेको प्रवक्ता एमसीले बताए ।

केही संचारमाध्यमहरूले अखिल क्रान्तिकारीका वर्तमान केन्द्रीय कमिटी विघटन भएकाे समाचार प्रकाशित गरेका थिए ।

माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकले विद्यार्थी संगठनमा देखा परेका समस्याको समाधानको गर्ने, त्यसकाे लागि सबैलाई एकठाउँमा ल्याएर आयोजक समिति बनाउने र स्वावियु चुनावपछि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal