आज :

सतीप्रथा उन्मुलनको सुचक नेवार समुदायको ईहि संस्का

  • अनलाइन डबली

काठमाडौँ  ।केन्द्रीय मानन्धर संघको आयोजनामा ईहि मुना कार्यक्रम भएको छ । नेवार समुदायका बालिकालाई रजश्वला हुनु अगाडी ईहि गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ । संघले सांस्कृतिक परम्परालाई निरन्तरता दिनको लागि सातौं पटक ईहि मुना कार्यक्रम गरेको हो । कालिमाटीस्थित लुमन्ति घरको सभाहलमा मंगलबारदेखि सुरु भएको ईहि मुना कार्यक्रम माघ २५ गते बुधबार आज  सम्पन्न हुनेछ । कार्यक्रममा समुदायभित्रका १७ जना बालिकाहरु सहभागी छन् ।
‘सती प्रथा उन्मुलन गर्नको लागि ईहि गराउने प्रचलनलाई आरम्भ गरिएको विश्वास गरिन्छ । श्रीमानको मृत्यु भएसँगै श्रीमतीले पनि प्राण त्याग गर्नुपर्ने प्रथालाई उन्मुलन गराउनको लागि बेलसँग सांकेतिक रुपमा विवाह गरिदिएर सतीप्रथा रोकेको बताइन्छ ।’ कार्यक्रममा सहभागी भएका समुदायका एकजना अग्रजले तर्क गरे ।
नेपालमा सती प्रथा रोक्नको लागि राजा मानदेवकी आमाले समेत सती नगएर विरोध जनाएकी थिइन् । त्यस्तै १९१० सालको मुलुकी ऐनलाई सुधार गरी श्री ३ महाराज वीर शमशेरले पनि सती प्रथाविरुद्ध अभियान चलाएका थिए । त्यसपश्चात् १९७७ असारमा श्री ३ महाराज चन्द्र शमशेरले विधिवत रुपमा सती प्रथा उन्मुलन गरेको इतिहास छ ।
नेवार समुदायभित्र ईहि परम्परा कहिलेदेखि सुरुआत भएको भन्ने विषयमा थप अध्ययन गर्नुपर्ने देखिन्छ । खासमा नेवार समुदायभित्र प्रत्येक बालिकालाई बिजोर वर्षमा रजश्वला हुनु अगाडि यो संस्कार गराउनै पर्ने अनिवार्य प्रचलन रहेको छ । बालिकाको उमेर समुहसँगै शारिरीक रुपमा हुने विकास र परिवर्तनलाई सांस्कृतिक रुपमा बुझाउनको लागि यो प्रचलन सुरुआत गरिएको बताइन्छ ।
‘ई’ भनेको नेपालभाषामा समय र ‘हि’ भनेको रगत हो । त्यसैले रगत देखापर्नु अगाडी गर्नुपर्ने प्रचलन नै ईहि संस्कार हो । ईहि गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजा सकेर ईहि गर्ने बालिकाका बुवाले ईष्ट देवतासँग सम्बन्ध गाँस्ने काम गरेपछि ईहि संस्कार सम्पन्न हुने गर्दछ । नेवार समुदायमा ईहि गर्ने बखत बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal