आज :

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने, माओवादी-काँग्रेसको नयाँ सरकार बन्ने !

  • अनलाइन डबली

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत नपाउने भएका छन् । मुख्यमन्त्री रावलले दिउँसो १ बजे विश्वासको मत लिने लागेका छन् तर निर्णयक मानिएको नागरिक उन्मुक्ति पार्टीका सांसदहरु काठमाडौँमै छन् ।

मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । नयाँ गठबन्धनमा सुदूरपश्चिम  नेकपा एमालेको मागमा परेको थियाे । एमालेबाट रावल मुख्यमन्त्री बनेका थिए । उनलाई एमालेसँगै नेकपमाओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

नागरिक उन्मुक्तिले निर्णय नगरेकै कारण मुख्यमन्त्री रावलले विश्वासको मत लिन ढिलाई गरेका थिए । मंगलबार डिल्लीबजार कारागारमै सांसदहरुसहितको बैठकले विश्वसको मत दिन नसकिने निष्कर्ष निकालेको थियो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई रिहाई गर्ने सार्वजनिक प्रतिबद्धता उन्मुक्तिले खोजेको थियो । तर, मुद्धा अदालतमा भएकोले त्यो गर्न नसकिने सरकारी धारणा छ ।

एमालेबाट बनेका मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने भएपछि अब नयाँ समिकरणबारे पनि चर्चा सुरु भएको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले अल्पमतको सरकार बनाउने वा अन्य दलसँग मिलेर सरकार बनाउने भन्ने दुई विकल्प रहेका छन् ।
काँग्रेसका एक नेताले मुख्यमन्त्रीले आज विश्वासको मत नपाए आजैबाट नयाँ सरकारको लागि पहल गर्ने बताए । उनका अनुसार नयाँ समिकरणमा काँग्रेस र माओवादीले मिलेर सरकार बनाउन छलफल भइरहेको छ ।

यसलाई पुष्टि गर्दै माओवादी केन्द्रका एक नेताले मुख्यमन्त्री रावलले विश्वासको मत नपाएपछि नयाँ समिकरणका बारेमा काँग्रेससहितका दलहरुसँग छलफल हुने बताए । उनले माओवादीलाई मुख्यमन्त्री दिए काँग्रेससहितको नयाँ सरकार बन्न सक्ने समेत बताए ।
मुख्यमन्त्रीको लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । जबकी काँग्रेस र माओवादी मिल्दा ३० सांसद पुग्छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता तथा विना विभागीय मन्त्री खगराज भट्टलाई मुख्यमन्त्री बनाउन नेपाली काँग्रेका सभापति पनि तयार भएको बताइएको छ । चुनावमा देउवाले भट्टलाई मुख्मयन्त्रीको उम्मेदवार भन्दै भोट मागेका थिए ।

सुदूरपश्चिमको सम्भावित समिकरणमा माओवादी केन्द्रले केन्द्रबाट हस्तक्षेप गरेन भने काँग्रेस–माओवादीसहितको नयाँ सरकार बन्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal