
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले दलका सचेतकहरुसँग छलफल गर्न लागेका छन् । प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग प्रधानमन्त्रीले सामुहिक छलफल गर्ने लागेका हुन् ।
वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज विहान ९ बजे बालुवाटारमा बोलाईएको बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदको आगमी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो।