आज :

रवि चिसोपानीले नुहाउन बाध्य ! अर्याल, खनाल र कार्की सिकार बने

  • अनलाइन डबली

काठमाडौं । रवि लामिछानेको गृहमन्त्रालयको लागि दिएको धम्की नेपाली समाजमा चर्चित श्रीमान श्रीमतिको धम्की सम्बन्धी कथाजस्तै भएको छ ।

कथामा श्रीमानले श्रीमतिलाई धम्की दिँदै नुहाउन तातोपानी तताउन भन्थे ‘तातोपानी लगाउ नत्र…’ । श्रीमति पनि डराउँदै सबै काम छोडेर तातोपानी लगाउथिन् । एकदिन श्रीमति काममा व्यस्त थिइन् । फेरि श्रीमानले धम्की दिँदै तातोपानी लगाउन भने, अत्ति भएपछि श्रीमतिले तताउँदैन के गर्छस् गर भनिनन् । त्यसपछि उनको धम्की एकैपटक माटोमा मिल्यो र भने, ‘अब चिसैपानीले नुहाउछु ।’

यो कथाजस्तै भएको छ रविको धम्की पनि । प्रधानमन्त्री प्रचण्डलाई आफू, एमाले र शक्तिकेन्द्रबाट दवाव दिन लगाउँदै लगातार धम्की दिइरहेका थिए । प्रधानमन्त्री नधम्किएपछि आफै सरकारबाट बाहिरिए । रविले पत्रकार सम्मेनमा पनि फोन आउँछ कि भन्ने आश मानिरहेका थिए । त्यसैले उनले अहिले आउँ भन्दा पनि जान्छ भनिरहेका थिए ।

सरकारबाट फिर्ता हुने धम्की दिएपछि त प्रचण्डले बोलाउँछ भन्ने रविलाई लागेको पत्रकार सम्मेलनका अभिव्यक्ति प्रष्ट देखाएको थियो । धम्की दिँदै दिँदै रवि फिर्ता हुन नसक्ने गरी नैतिकताको डिलमा पुगेका थिए । अनि आफ्नो पद लोलुपको सिकार अन्य तीन मन्त्रीलाई पनि बनाए ।

नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । पुनः गृहमन्त्रीसहित उपप्रधानमन्त्री बन्न नपाएको झोकमा सभापति लामिछानेले सरकारबाट फिर्ता हुने निर्णय गरे । त्यसको सिकार केही गर्ने हुटहुटी बोकेका तीन जना मन्त्री भएका छन् ।

विवादको बीच आइतबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेर सरकारबाट फिर्ता हुने निर्णय सार्वजनिक गरेका लामिछानेले सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाए । उनको उर्दी अनुसार साँझ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाए ।

तीनै जना राजिनामा पत्र बोकेर मलिन अनुहारसहित प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । उनीहरुले आफूहरुले राम्रो काम गरेर प्रधानमन्त्रीलाई सहयोग गर्न चाहेको तर पार्टीले फिर्ता हुने निर्णय गरेका कारण राजिनामा गरेकाे बताएका थिए ।

मन्त्रीहरुलाई नै आइतबार नै राजिनामा दिनुपर्छ भन्ने लागेको थिएन । उनीहरु दिउँसोसम्म मन्त्रालयका काममै ब्यस्त रहेका थिए ।

राहदानी विवाद नटुंगिँदै रविले पुनः उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई चौतर्फी दवाव दिएका थिए । तर प्रचण्डले स्वार्थ जोडिएको बताउँदै अन्य मन्त्रालय लिन भनेका थिए ।

आइतबार विहान प्रधानमन्त्रीसँग भेटेका रविले दिउँसो गृहबाहेक अरु नलिने भन्दै सरकारबाट बाहिरिने निर्णय गरे । उनले पत्रकार सम्मेलनमै अहिले नै फोन आए पुनः गृहमा फर्किने समेत बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले फैसलाको पूर्णपाठ आइनसकेको र राहदानी विवाद पनि सँगै आएको कारण गृह नभएर उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रस्ताव गरेका थिए ।

धम्की दिए पाइने ठानेर रविले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गुहार मागेका थिए । ओलीले पनि रविलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्रीलाई दवाव दिँदै आएका थिए ।

पत्रकार सम्मेलनमा रवि मिडिया र पत्रकारमाथि नै खनिए । उनले आफ्ना विरुद्ध लेख्ने पत्रकार र मिडियाको नामै किटेर कार्यालय घेराउ गर्ने चेतावनी समेत दिएका थिए ।

गृहमन्त्री गुमाउँदा आली आक्रोस भएको समेत स्वीकार गर्दै दोहोर्याएर भनेका थिए, ‘अहिले बोलाउँदा पनि जान्छु ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal