आज :

झुठो विवरण पेश गरी भारतीय महिलाले वंशज नागरिकता लिएको खुलासा

  • अनलाइन डबली

काठमाडौं ।  एक भारतीय नागरिकले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको खुलेको छ । भारतको उत्तर प्रदेशकी रिना अग्रवालले झुठा विवरण पेश गरेर धनुषा जिल्ला प्रशासन कार्यालयबाट वंशजको आधारमा नेपाली नागरिकता लिएकी हुन् ।

रिना काठमाडौंमा व्यवसाय गर्दै आएकी छिन् । उनले जन्म मिति २०२६-१२-२४ र घोडबास गाविस–२ लाई स्थायी ठेगाना उल्लेख गरेर धनुषा जिल्ला प्रशासन कार्यालयबाट २०६४-०२-२२ गतेका दिन नागरिकता लिएकी छन् । रिना अग्रवालको नागरिकताको किसिम वंशज रहेको छ । उनले लिएको नागरिकता नम्बर १७१०८२-३५ रहेको छ । नागरिकतामा सोही ठेगानाका नन्दलाल अग्रवाललाई बाबु (पिता) उल्लेख छ । अर्थात नाता सम्बन्ध रिना नन्दलाल अग्रवालकी छोरी हुन् ।

स्रोतका अनुसार उनी वास्तविकरुपमा रिना भारतको उत्तर प्रदेशकी नागरिक हुन् । जयपुर राजस्थानका नागरिक शंकर अग्रवालसँग विवाह गरेकी उनी भारतबाट कच्चा सामान ल्याएर नेपालमा उत्पादन गर्ने र बिक्रिवितरणमा सक्रिय छिन् । वंशजको आधारमा नागरिकता दिने प्रशासन कार्यालयका तत्कालीन् प्रशासकीय अधिकृत विनोदकुमार दाहाल हुन् । तत्कालिन घोडवास गाविसलाई अहिले बनेको नगराईन नगरपालिकाको वडा नम्बर ९ मा राखिएको छ ।

सोही नागरिकताको आधारमा बैंक खाता समेत खोलेकी छन् । बैंकले ग्राहकको खाता प्रमाणित गर्ने क्रममा सक्कल कागजातसहित वडाको सिफारिस लिएर आउन भनेको र सोही बेला उनको नागरिकता नक्कली रहेको पुष्टि भएको हो । रिना अग्रवालका पति शंकर पनि नेपालमै बसेर व्यापार गर्दै आइरहेको स्रोतले बतायो । व्यवसायबाट हुने आम्दानी रकम बैंक खातामार्फत करोडौं रुपैयाँ भारत पलायन गर्दै आइरहेको समेत यो तथ्यसँगै खुलेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal