
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना बढेको छ । नेपाली कांग्रेसले उम्मेदवारी नदिएसँगै अर्याल निर्विरोध निर्वाचित भएकी हुन् ।
सत्तारुढ दलहरुले अर्याललाई साँझा उम्मेदवार बनाएको र काँग्रेस बाहेकका विपक्षी दलहरुले पनि उम्मेदवारी नदिएपछि अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।
गठबन्धन दलहरुले माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अर्याललाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेकाे थियो ।
संसद सचिवालयले आज ४ बजेसम्म उपाध्यक्षको लागि उम्मेदवारी दर्ताको समय तोकेको छ । राष्ट्रियसभामा हाल ५८ सांसद छन् । जसमध्ये उपाध्यक्ष जित्नको लागि २९ मत आवश्यक हुन्छ ।