आज :

रास्वपामा विवादः रवि अल्पमतमा, गृहमन्त्रालय नपाएपनि सरकारमै रहने मत बलियो

  • अनलाइन डबली

काठमाडौँ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शनिबार साँझ बसेको बैठक विना निष्कर्ष सकिएको छ । सरकारमा सहभागिता हुने वा फिर्ता हुने भन्ने विषयमा निर्णय गर्न बसेको बैठकले कुनै निर्णय गर्न सकेन ।

प्रधानमन्त्री प्रचण्डले गृह बाहेक अरु मन्त्रालय रोज्न विकल्प दिएका थिए । त्यसपछि सभापति रवि लामिछानेले सरकारबाट फिर्ता हुने प्रस्तावसहित बैठक बोलाएका थिए । तर बैठकमा नेताहरु दुई पक्षमा बाँडिएका थिए ।

एक नेताका अनुसार सभापति लामिछानेले सरकारबाट फिर्ता हुने प्रस्ताव राखेका थिए । तर, बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारबाट फिर्ता हुन नहुने मत राखेका थिए । उनीहरुले गृहमन्त्रालय नदिएपनि अन्य मन्त्रालय लिएर सरकारलाई समर्थन गर्नु पर्ने मत राखेका थिए ।

प्रधानमन्त्री प्रचण्डले अदालतबाट फैसलाको पूर्णपाठ पनि आइनसकेको र राहदानीबारे पनि छानविन भइरहेको हुँदा रविलाई गृहमन्त्रालय दिन नसकिने बताउँदै आएका छन् । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र स्वयम् रविले गृह मन्त्रालय दिन दवाव दिइरहेका छन् ।

यसबारे निर्णय गर्न भनेर शनिबार साँझको पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । अल्ममतमा परेपछि सभापति लामिछाने बैठक नै स्थगित गरेका थिए ।

पार्टीका मुख्य सचेतक सन्तोष परियारका अनुसार बैठक आज ११ बजे बस्ने छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal