
काठमाडौँ । समुदाय – प्रहरी साझेदारी कार्येक्रम अन्तर्गत जनसेवा सामुदायिक केन्द्रले शान्ति सुसक्षा सम्बन्धि अन्तरक्रिया कार्येक्रम सम्पन्न गएको छ ।
कार्येक्रमका विशेष अतिथि महानगरीय प्रहरी परिषर काठमाडौँ प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले सामुदायिक सेवा केन्द्रले प्रहरी साझेदारी कार्येक्रममा रहेर सामाजिक क्षेत्रका थुप्रै आयामहरूमा योगदान पुर्याउन सकेको बताउनु भयो । उहाले केंद्रलाई आजसम्म ल्याइपुर्याउने सामाजिक व्यक्तित्व याहाहरुको साथ् र सहयोगबात सामाजिक क्षेत्रमा योगदान पुर्याउन सकेको बताउनु भयो ।
प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले भन्नु भयो ‘ हामीले यसमा थुप्रै सुधारका कुराहरु गरेका छौ। यसले सामाजिक र शान्ति सुरक्षामा मात्र योगदान दिइराखेको छैन समाजसेवामा लाग्न समाजलाई उत्प्रेरित गरेको छ। यस अगादिका थुप्रै आदरणीय व्यक्तित्वले आफ्नो तफबाट योगदान दिनु भएको छ। जसले गर्दा प्रहरीलाई समाजमा नजिकबाट चिन्ने वाताबरण बनाइ दिएको छ , र यसैको लागि केन्द्रको स्थापना भएको हो। सार्वजनिक सुरक्षा , सडक सुरक्षा , बालबालिका सुरक्षा,मानव बेचबिखन सुरक्षा ,लैंगिक हिँसा बिरुद्दको सुरक्षा ,दुर्बेसन बिरुद्दको सुरक्षा लागायेत १२ वता बिषयमा केद्रित रहेर समाजमा आवदा हुन् पाएका छौ । ’
यसै गरि काठमाडौँ महानगर पालिकाकी उप प्रमुख सुनिता डंगोलले समाजलाई परिवर्तन गर्न सामाज नै सचेत हुनु पर्ने बताउनु भयो । सामुदायिक प्रहरी साझेदारी समाजको लागि निकै महत्व भएको र कार्येक्रम अन्तरगत रहेर प्रहरी सुख/ दुखको साथि बनेको बताउनु भयो ।
नेवा: देदबूका अध्क्षय पबित्र बज्राचार्यले सामुदाय – प्रहरी साझेदारी कार्येक्रम अन्तर्गत जनसेवा सामुदायिक केन्द्रले समाजमा अवदा भएर सामाजिक , सांकृतिक क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्दै शान्ति शान्ति सुरक्षा कायेम गर्न सकेको बताउनु भयो ।
महानगरीय प्रहरी वृत जनसेवा प्रमुख तथा प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलले सडक मानव समस्या हालको बिध्यमान् समस्या मध्यको समस्या भएको बताउनु भयो । सडकमा जन्मेका बालबालिका दुर्वेषनिमा पर्ने र समाजमा यसको नकारात्मक असर देख्ने हुदा यो विषय प्रहरीले मात्र हेर्न नसकिने बताउदै समाजले प्रहरी संग समन्वयात्मक भूमिका खेलेको अवस्थामा भैपरी आउने समस्याको समाधान हुने बताउनु भयो । शान्ति सुरक्षा कायेम गर्न सामाज संगै अवद्द हुँदा सहज भएको बताउनु भयो ।
जनसेवा सामुदायिक केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र जनसेवाले समाजीक , सांसकृति क्षेत्रमा समाज संगै मिलेर शान्ति सुरक्षा कायेम गर्दै आएको छ । अन्तरक्रिया कार्येक्रममा विभिन्न सामाजिक संघ सस्था , ब्यबसायिक सस्थाका प्रतिनिले शान्ति सुरक्षा तथा आफ्ना समस्या र गुनासो सुनाएका थिए ।