आज :

कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि खाना–खाजाको व्यवस्था, आवासदेखि पार्किङसम्मको तयारी

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि आवाससँगै खाना–खाजाको व्यवस्थापनसमेत मिलाइएको छ । महाधिवेशनका लागि देश तथा विदेशबाट काठमाडौं आउने प्रतिनिधिहरूलाई सहज हुने गरी व्यवस्थापनका विभिन्न तयारी अघि बढाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता तथा १५औँ महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेका अनुसार महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । प्रतिनिधिहरूले सहभागिता दर्ताबापत प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिको बसोबास व्यवस्थापनमा समन्वय गर्ने व्यवस्था मिलाएको छ । प्रतिनिधिहरूले आवाससम्बन्धी जानकारी ह्वाट्सएप एआई नम्बर तथा एसएमएसमार्फत प्राप्त गर्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि खाना तथा खाजाको व्यवस्थापन पनि महाधिवेशन व्यवस्थापनअन्तर्गत गरिएको छ । देश तथा विदेशबाट आउने प्रतिनिधिहरूको ठूलो संख्यालाई ध्यानमा राख्दै आवश्यक व्यवस्थापन मिलाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको टुँडिखेल खुलामञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुनेछ । बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रतिवेदनमाथि भूगोलका आधारमा समूह विभाजन गरी तीन फरक हलमा छलफल गरिनेछ । सहभागीले प्रत्येक हलमा राखिएका डिजिटल बोर्डमार्फत प्रस्तुत प्रतिवेदन हेर्न र सुन्न सक्ने व्यवस्था गरिएको छ ।

यसैबीच, निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ । उम्मेदवारी मनोनयन राष्ट्रिय सभागृहमा गरिनेछ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका निजी कार तथा मोटरसाइकल पार्किङका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्र तोकिएको छ । ठूला बसका लागि भने माइतीघरदेखि भद्रकालीसम्मको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ ।

‘नयाँ कांग्रेस, नयाँ संकल्प’ मूल नारासहित हुन लागेको महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नीति, कार्यक्रम तथा राजनीतिक मार्गचित्र तय गर्ने कांग्रेसको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal