
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादीले जनाएको छ ।
बिहीबार पनि बैठक बसेको थियो । बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले रविको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै दिएको चेतावनीबारे पनि जानकारी गराएका थिए ।
आजको बैठकमा नेताहरुको कार्यविभाजन, गृहमन्त्रालय रविको पार्टीलाई दिने वा केही दिन आफैसँग राख्ने, नागरिक उन्मुक्तिले दिएको अल्टिमेटम लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।