काठमाडौं । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकार नछोड्ने भएको छ । गृहमन्त्रालय नदिएको भन्दै सभापति लामिछानेले सरकार छोड्ने चेतावनी दिएपनि तत्काल सरकार नछोड्ने निर्णय गरेको छ ।
सरकारबारे निर्णय गर्ने भन्दै विहीबार बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक बसेको थियो । प्रवक्ता मुकुल ढकालका अनुसार तत्काल सरकार नछोड्ने पार्टीले निर्णय गरेको हो ।
बैठकअघि प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन्देश पठाएर सहमतिका लागि दुई दिनको समय मागेकाले दुई दिन कुर्ने निर्णय भएको ढकालले संचारकर्मीलाई जानकारी दिएका थिए ।