
काठमाडौं । छोटै समयको हल्लाखल्ला र अन्य दलबाट असन्तुष्ट मतदाताको मत पाएर एकै पटक राष्ट्रिय राजनीतिमा उदायको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको विवाद सडकमा पुगेको छ । रविलाई जिताउन ठूलो भूमिका खेलेका चितवन पार्टी सभापति धर्मेन्द्र सापकोटाले राजिनामा दिएसँगै आन्तरिक विवाद सडकमा पुगेको हो ।
पार्टीभित्र केही व्यक्तिको मनपरी चलेको र रवि सानो स्वार्थी समूहको योजनामा चलिरहेको भन्दै सापकोटाले संचारमाध्यममा सार्वजनिक गरेका छन् । उनले आफूले उक्त पार्टीमा रहनु समय बर्बाद गर्नु सरह रहेको भन्दै राजिनामा दिएको बताएका छन् । रविले आफ्नो महत्वकांक्षालाई पूरा गर्ने हतियार पार्टीलाई बनाएको भन्दै अन्य नेताहरुले पनि विरोधका स्वर उठ्न थालेका छन् ।
नागरिकता विवादमा दोषी ठहर भएसँगै गुमाएको गृहमन्त्रालय फेरि पाउन चौतर्फी भौतारिरहेका छन् । रविले पुनः गृहमन्त्रालय नपाएपछि सरकारबाट फिर्ता हुने प्रस्ताव अन्य नेताहरुले अस्वीकार गरिदिएका छन् । यदि रविले फेरि पनि गृहमन्त्रालय नपाएपछि पार्टीलाई सरकारबाट फिर्ता हुने प्रस्ताव गर्ने एक नेताले बताए ।
यदि त्यो भए रविविरुद्ध संसदीय दलमै अविश्वासको मत लिने अन्य नेताहरुले तयारी गरेका छन् । उनले पार्टी एक जना रविले मात्रै बनाएका हाेइनन् र उनको महत्वकांक्षाबाट आफूहरु पीडित हुने अवस्था आउन नदिने बताए ।
सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले गृहमन्त्रालय नदिने अडान छोडेको छैन । गृहमन्त्रालय नदिएकै विषयलाई लिएर सरकारबाट फिर्ता नहुने पक्षमा बहुमत जुटेको छ । रवि अल्पमतमा परेका छन् । सरकारबाट हट्न हुँदैन भन्नेहरुको नेतृत्व उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी ढकालले गरेका छन् भने जसरी पुनः गृहमन्त्री बनाउन प्रवक्ता मुकुल ढकाल लागेका छन् ।
यो विवादको केन्द्रीय सदस्य अरनिको पाँडेको सामाजिक संजालमा लेखेको कुराबाट पनि सार्वजनिक भएको छ । उनले रविको नामै नलिएर सबैभन्दा सक्षम विवादविहीन र देश र जनताको गौरव बढाउने गृहमन्त्री को हुन सक्ला भन्दै प्रश्न गरेका छ् ।
उनको स्टाटसले रवि विवादित र उनी पुनः गृहमन्त्री हुँदा देशको गौरब बढ्दैन भन्ने प्रष्टसँग बुझिएको छ ।