आज :

माओवादी केन्द्रले तीन महिने अभियान संचालन गर्ने, सिंहदरबार धाउने नेताहरुलाई कारवाही

  • अनलाइन डबली

काठमाडौं। नेकपा माओवादी केन्द्रका तीन महिने अभियान संचालन गर्ने भएको छ । मंगलबारकाे स्थायी समिति बैठकले संगठन सुदृढीकरण र परिचालन सम्बन्धी तीन महिने अभियान चलाउने निर्णय गरेको हो ।

पार्टी महासचिव देव गुरुङले जनतासँग पार्टीलाई जोड्न तीन महिने अभियान संचालन गर्ने प्रस्ताव गरेको बताइएको छ । अभियानमा सबै केन्द्रीय सदस्य, जनवर्गीय संगठनका नेता र पार्टी सदस्यहरु सहभागी हुनेछ ।

कार्यक्षेत्र छोडेर सिंहदरबार धाउने प्रवृति बढेको भन्दै माओवादी केन्द्रले नेताहरुलाई जनतातिर फर्काउन अभियान संचालन गर्न लागेको नेताहरुले बताएका छन् । अब सिंहदरबार, मन्त्रालय, नेताहरुका घर धाउनेहरुलाई जिम्मेवारीबाट हटाउने गरी अगाडि बढ्ने नेताहरुले बताएका छन् ।

पार्टीका अधिकांश नेताहरु काठमाडौं र सदरमुकाम मात्रै बस्दा संगठन बिग्रेको निष्कर्ष पनि बैठकले निकालेको छ । महासचिव गुरुङले संगठनिक कार्ययोजना बुधबार पदाधिकारी बैठकमा पेश गर्ने बताइएको छ ।

नेताहरुको कार्यविभाजन गर्ने जिम्मा अध्यक्ष प्रचण्ड र उपाध्यक्षहरुलाई दिइएको छ ।

माघ १२ बाट सुरु भएको स्थायी समितिको बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु रहेको कार्यदललाई कार्यविभाजनबारे प्रस्ताव ल्याउने जिम्मेवारी दिएको थियो । तर, अन्तिममा अध्यक्षलाई नै दिइएको छ ।

भोलि पदाधिकारी बैठक १२ बजेलाई बोलाइएको छ । पदाधिकारी बैठकमा अध्यक्ष र उपाध्यक्षहरुले कार्यविभाजनको प्रस्ताव ल्याउने र त्यसपछि बस्ने स्थायी समिति बैठकले त्यसलाई अनुमोदन गर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal