
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बोलाएको छ । स्थायी समिति बैठक आज बस्ने भनिएको स्थायी समिति बैठक सारेर पदाधिकारी बैठक बोलाएको हो । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार बैठकमा संगठनात्मक विषयमा छलफल हुनेछ ।
बैठकमा समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ ।
अन्य विषयसँगै पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे समेत छलफल हुनेछ । रवि लामिछाने नागरिक विवादमा दोषी ठहर भएसँगै राजिनामा गरेका थिए । अहिले गृहमन्त्रालय प्रधानमन्त्री आफैसँग राखेका छन् ।
नेकपा एमालेले गृहमन्त्रीमा पुनः रविलाई ल्याउन दवाव दिइरहेको छ । त्यस्तै, रविले पनि पुनः गृहमन्त्री हुन खोजेका छन् । यसबारे प्रधानमन्त्रीले कुनै निर्णय गरेका छैनन् ।