
काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेट गरेकी छन् । प्रधानमन्त्रीलाई भेट्न भिक्टोरिया आज बिहान
प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा सन्चालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएकी नुल्याण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।