आज :

रवि लामिछानेले बल्ल लिए नेपाली नागरिकताको प्रमाणपत्र, आजै पार्टीको अध्यक्ष हुने

  • अनलाइन डबली

काठमाडौं । रवि लामिछाने बल्ल नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर रविले नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

सर्वोच्च अदालतले शुक्रबार लामिछानेले नेपाली नागरिकता नलिएको भन्दै दोषी ठहर गरेको थियो । योसँगै उनको सांसद, गृहमन्त्रीसँगै पार्टी अध्यक्षको पद समेत गुमेको थियो ।

सर्वोच्चको फैसलापछि रवि आइतबार जिल्ला प्रशासन काठमाडौँ पुगेर अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गरेर नेपाली नागरिकता दिएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाका अनुसार लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको छ ।

रविको पार्टीले उनलाई आजै पुनः पार्टी अध्यक्ष बनाउने तयारी गरेको छ । तर, सांसद पद भने चुनावअघि फर्किने छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal