आज :

आज प्रेस सेन्टरको १९ औं स्थापना दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै

  • अनलाइन डबली

काठमाडौं । आज प्रेस सेन्टर नेपालले आफ्नो १९ औं स्थापना दिवस । देश तथा विदेशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । केन्द्रले काठमाडौंमा प्रभात फेरिसहित कार्यक्रमको आयोजना गरेको छ भने शाखाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

२०६१ साल माघ १५ गते स्थापना भएको माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुसहित मनाउन लागेको संगठनका केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेश समितिले पनि पोखरामा प्रभातफेरी आयोजना गरेको प्रदेश अध्यक्ष अर्जुन पाफ्लेले जनाएका छन् । त्यस्तै,
कर्णाली प्रदेशमा दिगो बिकासमा आमसन्चार माध्यमको भूमिका विषयक अन्तरकृया कार्यक्रम आयोजना गरेको छ ।

प्रदेश अध्यक्ष प्रतिक इच्छुकका अनुसार कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रीको उपस्थिति रहनेछ । कार्यक्रम आइतबार बिहान ११ बजे नेपाल पत्रकार महासङ सुर्खेतको सभाहलमा हुने बताइएको छ ।

त्यसैगरी लुम्वीनी प्रदेशमा पनि विभिन्न कार्यक्रमहरुसहित स्थापना दिवस मनाउने प्रदेश अध्यक्ष मानसिंह विकले जनाएका छन् । त्यसैगरी मधेश प्रदेशमा पनि रक्तदानलगायतका विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन लागेको प्रदेश अध्यक्ष किरण कर्णले बताएका छन् ।

प्रेस सेन्टर नेपालको दाङ जिल्ला समितिले दाङका १० ओटै पालिकामा दीप प्रज्वलन गर्ने भएको छ ।
दाङका १० ओटै पालिकाले भोली माघ १५ गते दीप प्रज्वलन गरेर स्थापना दिवस मनाउने भएका हुन् । घोराहीमा सेन्टरका जिल्ला समन्वय समिति र घोराही उपमहानगरपालिका कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन गर्ने जिल्ला अध्यक्ष पाण्डव शर्माले जानकारी दिए ।

आज भोली बेलुकी पाँच बजे घोराही उपमहानगरपालिका वडा नं १७ स्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालमा रहेको महान सहिद कृष्णसेन इच्छुकको शालिकमा माल्यार्पण गर्नुका साथै सोही स्थानमा दीप प्रज्वलन गरिने छ ।

यसैबीच जिल्ला अध्यक्ष पाण्डव शर्मा र घोराही शाखा अध्यक्ष सन्तोष डाँगीले विज्ञप्ति निकालेर दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन सबै पत्रकारहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal