आज :

प्रधानमन्त्री समक्ष रविले बुझाए राजिनामा, ३२ दिने अनागरिक गृहमन्त्रीको रेकर्ड

  • अनलाइन डबली

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेले राजिनामा पत्र बुझाएका हुन् ।

११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका लामिछाने ३२ दिने गृहमन्त्री बनेर बिदा भएका छन् । नेपाली नागरिक नभएको व्यक्त गृहमन्त्री बनेर रेकर्ड कामय गरेका छन् । योसँगै लामिछानेको सांसद पद र पार्टी अध्यक्ष खारेज भएको छ ।

सर्वोच्चले रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ ।

शुक्रबार सर्वोच्च अदालतले लामिछाने नेपाली नागरिक नभएको फैसला गरेको थियो । संवैधानिक इजलासले अन्तिम फैसला सुनाउँदै उनी अमेरिकी नागरिक बन्दा निष्क्रिय बनेको नेपाली नागरिकता पुनः प्रक्रिया पूरा गरेर सक्रिय नगराएको ठहरसहित लामिछानेको विपक्षमा फैसला सुनाएको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की समेत रहेको संबैधानिक इजलासका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको इजलासले लामिछानेविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal