आज :

माओवादी केन्द्रको बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन प्रचण्डलाई नेताहरुको सुझाव

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्यहरुले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति जुटाउन अध्यक्ष प्रचण्डलाई नेताहरुले सुझाव दिएका छन् । शुक्रबार बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सहमति जुटायर राष्ट्रपति निर्वाचन गर्नुपर्ने धारणा राखेका छन् ।

उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै बोल्ने अधिकांश सदस्यहरुले राष्ट्रपतिका सवालमा राष्ट्रिय सहमतिमा जोड दिएको जानकारी दिए ।

“राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्ने मुलभूत रुपमा धेरै कमरेडहरुको आवाज आएको छ तर यसबारे निर्णय भने भइसकेको छैन” महराले भने । महराले आफ्नो पार्टीको मत राष्ट्रिय सहमतिमै रहेको बताए । यसबारे अरु पार्टीसँग गर्ने गर्ने समेत माओवादीले बताएको छ ।

गठबन्धमा प्रधानमन्त्री र सभामुख आलोपालो गर्ने र राष्ट्रपति एमालेले लिने सहमति भएको भनिएपनि माओवादी केन्द्रले सुरुदेखि नै राष्ट्रिय सहमतिको कुरा उठाइरहेको छ ।

राष्ट्रपतिको चुनाव फागुन २६ देखि २८ भित्र गर्ने गरी निर्वाचन आयोगले तयारी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal