आज :

गृहमन्त्रीकाे नागरिकता विवादः सर्वोच्चमा थप सुरक्षाकर्मी तैनाथ, ‘रविकाे नागरिकता खारेज’

  • अनलाइन डबली

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको फैसालाको तयारीमा न्यायाधिशहरु जुटेका छन् । सुनुवाइ सकिएपछि न्यायाधिशहरु आदेशको तयारीमा जुट्दा सर्वोच्च अदालतमा थप सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

रिट निवेदकको तर्फबाट बहस गरेका एक कानुन व्यवसायीलाई अनलाइन डबलीले रवि लामिछानेको नागरिकता खारेज हुन्छ ? भनेर सोधेका थियौं । रविको दाबी गैरकानूनी भएकोले खारेज हुने बताए । त्यस्तै रविले लिएको राहदानी पनि गैरकानूनी भएको दाबी गर्दै कारवाही हुने समेत बताए ।

न्यायाधीशहरु आदेश लेख्न जुटिसकेको बताइएको छ । आजै संक्षिप्त आदेश आउन सक्ने बताएको छ ।

सर्वोच्चले आजै आदेश गर्ने भएकोले नै अदालत परिसरमा थप सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो ।

  • फाइल फाेटाे

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal