आज :

लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको फैसलाबारे न्यायाधिशहरु छलफलमा

  • अनलाइन डबली

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । विहीबार नसकिएपछि आज संवैधानिक इजलासमा सुनुवाई भएको थियो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो ।

रिट निवेदकको तर्फबाट बहस गरेका एक कानुन व्यवसायीका अनुसार न्यायाधिशहरु आदेशबारे छलफल जुटेका छन् ।

यसअघि गत पुस २२ गते संवैधानिक इजलासमा बहस भएको थियो । विवादको सुनुवाइलाई अग्राधिकार प्रदान गरी सर्वोच्चले छिटो छरितो रूपमा सुनुवाइ सकेको हो ।

न्यायाधिशहरुले आजै संक्षिप्त आदेश गर्न पनि सक्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal