आज :

माओवादी केन्द्रको स्थायी समिति बैठकः अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । विहीबारबाट सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको समसामयिक राजनीतिक प्रतिवेदनमा पेश गरेका थिए ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार अध्यक्षले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि आजबाट छलफल हुनेछ । विहीबारको बैठकमा ब्रिफिङ अध्यक्ष प्रचण्डले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेका थ‍िए ।

बैठकले पार्टीको नेतृत्वमा सरकार बनेकोमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई बधाई दिनुको साथै उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गरेको थियो ।

त्यस्तै यति एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको उपाध्यक्ष महराले जानकारी दिए ।

आज विहानको पुनः बस्नेगरी स्थगित भएको बैठकमा पार्टी एकता र संगठन बिस्तार तथा केन्द्रीय समिति बैठकलगायतका एजेण्डामाथि आजबाट छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal