आज :

माओवादी केन्द्रका स्थायी समिति बैठक बस्दै, राष्ट्रपति निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । विहीबार बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।

राष्ट्रपति चुनाव, प्रदेश सरकार विस्तार, सरकारका कामकारवाहीसँगै पार्टी संगठन विस्तार र केन्द्रीय समिति बैठकलगायतका समसामयिक विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

त्यसैगरी बैठकमा बाबुराम भट्टराईको पार्टीसँग एकता छलफल र नेकपा एकीकृत समाजवादीसँग भएको एकता बैठकबारे पनि छलफल हुने बताइएको छ ।

आज बस्ने स्थायी समिति बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ । माघ १५ गते केन्द्रीय समिति बैठक बस्ने चर्चा भएपनि औपचारिक रुपमा मिति तय भएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal