आज :

मन्त्रिमण्डल विस्तार गर्न छोडेर गण्डकीका मुख्यमन्त्री किन पुगे बालुवाटार ?

  • अनलाइन डबली

काठमाडौँ । मन्त्रिमण्डल विस्तारको तयारीमा रहेका गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे । मन्त्रिमण्डल विस्तारमा सहमति जुटाउन नसकेपछि मंगलबार विहान बालुवाटार पुगेको बताइएको छ ।

मुख्यमन्त्री अधिकारीले मन्त्रालय घटाएपनि भागबण्डामा सहमति जुटाउन सकेका छैनन् । महत्वपूर्ण मानिएका मन्त्रालय नेकपा एमालेले नै राख्न चाहेका कारण सहमति नजुटेको अरु दलको आरोप छ ।

अधिकारीले विश्वासको मत लिएको १ साता भइसक्दा पनि तीन जना विभागीय मन्त्रीलाई समेत जिम्मेवारी दिन सकेका छैनन् ।

मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री प्रचण्डसँगकोो भेटमा सहमति जुटाइदिन आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal